Article

एएनएको ट्रष्टी वोर्डमा पदीय जिम्मेवारीमा हेरफेर, ट्रष्टी चेयरमा डा. ढुङ्गाना

टेक्सास । उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा)मा रहेका नेपालीहरुको लोकप्रिय संस्था अशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) को ट्रष्टी बोर्डको आन्तरिक पदीय जिम्मेवारीमा हेरफेर भएको छ । एएनएको आज वसेको केन्द्रीय कार्यकारिणी समितिको वैठकमा अध्यक्ष विजयराज भट्टराईले जिम्मेवारी हेरफेर सम्वन्धी जानकारी गराउनुभयो ।

एएनए ट्रष्टी बोर्डको वैठकले क्यालिफोर्निया निवासी डा. शम्भु ढुङ्गानालाई ट्रष्टी बोर्डको चेयरमा निर्बिरोध निर्वाचित गरेको जानकारी अध्यक्ष भट्टराईले गराउनुभयो। डा. ढुङ्गाना एएनएका पूर्व अध्यक्ष हुनुहुन्छ। यसअघि एरिजोना निवासी डा.अम्बिका प्रसाद अधिकारी एएनए ट्रष्टीको चेयरको जिम्मेवारीमा हुनुहुन्थ्यो। वैठकले डा. अधिकारीको कुशल नेतृत्वको प्रशंसा गर्दै धन्यबाद ज्ञापन समेत गरेको छ।  Read More