Events

नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सव

टेक्सस (अमेरिका) । उत्तरी अमेरिका (अमेरिका र क्यानाडा) मा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज् (एएनए)ले अमेरिका-नेपालको कूटनीतिक सम्बन्धको ७५ वर्ष प्रवेश गरेको अवसर पारेर अप्रिल २५ तारिक साँझ विशेष कार्यक्रम गर्ने भएको छ ।  टेक्ससको स्थानीय समयअनुसार साँझ ६ बजे (पूर्वी समयअनुसार साँझ ७ र प्यासिफिक समयअनुसार अपरान्ह ४ बजे) नेपाल अमेरिका कूटनीतिक सम्बन्धका ७५ वर्ष र हाम्रा उपलब्धि विषयमा विशेष कार्यक्रम हुन लागेको एएनएका अध्यक्ष विजयराज भट्टराईले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । Read More