Association of Nepalis in the Americas (ANA)

Article

अमेरिकाको डिसी क्षेत्रमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालासंग अन्तरक्रिया

इनेप्लिज २०८० असोज ३० गते २:०३ मा प्रकाशित

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

अमेरिकाको भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका नगरप्रमुख(मेयर) नागेश कोइरालासँग भर्जिनियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल बिराटनगर लगायत अन्य क्षेत्रमा घर भएका र हाल डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नगर प्रमुख कोइरालालाई स्वागत गर्नुको साथै अन्तरक्रिया कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रमको आयोजना द एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )तथा अमेरिका नेपाल सोसाइटी (एएनएस)ले सयुक्त रुपमा आयोजना गरेको थियो ।

भर्जिनियाको फेयरफ्याक्स शहर स्थित चर्चित नेपाली चमेना गृह तन्दुरी नाइट्समा गत आईतवारका दिन सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख कोइराला इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) अर्थात् अन्तर्राष्ट्रिय नगर व्यवस्थापन संघले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका आएका हुन। उनि अमेरिका आए पछि बिभिन्न राज्यहरुको भ्रमण गर्नुको साथै बिदेशी तथा नेपाली समुदायसँग पनि भेटघाट कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन् ।

आफ्नो शहर तथा महानगरपालिकाको बिकाशको लागि अमेरिकामा भएका प्रविधि र बिकाशको अवलोकन तथा निरीक्षण समेत गरेका छन् ।

भर्जिनियामा भएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले अमेरिकामा गरेका भेटघाट ,स्थल निरीक्षण ,अवलोकन ,अमेरिकी सिनेटर तथा सांसद लगायत नेपाली समुदायसंग भएको भेटघाट र अन्तरक्रियाको बारेमा प्रकाश परेका थिए । साथै त्यहाँ उपस्थित भएका सहभागीहरुले जिज्ञाशा राख्नुको साथै सुझाव र सर सल्लाह समेत दिएका थिए ।

नगर प्रमुख कोइरालाले सोधेका जिज्ञाशाहरुका उत्तर दिएका थिए । उनले आफ्नो मन्तब्य राख्ने क्रममा बिराटनगरमा सुर्तीजन्य पदार्थ बेच बिखन गर्न नपाइने बताए । बिराटनगरमा नाला जाम हुने मुख्य कारण मध्ये सुर्तीजन्य वस्तु गुटका रहेको बताए । र त्यसको खोल नघोलिने र कहिले नबिलिने हुनाले खाए पछि नाला हाले पछि पानी जाम हुने मुख्य समस्या समेत रहेको हुनाले बेचबिखनमा प्रतिवन्ध लगाईएको बताए । नटेर्ने ब्यापारीहरुलाई २-३ पटक चेतावनी दिने र नमान्नेलाई कारवाही पनि गरिएको जानकारी दिए ।

६-७ महिना देखि बिराटनगर सफा र सुन्दर भएको जनाए । दक्षिण तराईमा सबै भन्दा उज्यालो झिलिमिली बिराटनगर बनाई दिएको बताए । उनले मन्तब्य राख्ने क्रममा प्रहरीहरुसंग समन्वय गरि उनीहरुकै सल्लाह सुझाव अनुसार अपराधिक गतिबिधि कम होस् भन्ने हेतुले ठाउँ ठाउँमा सडकमै चित्रग्राहिणी (सिसि क्यामरा)जडान गरे पछि अपराधिक गतिबिधि न्यून भएको दाबि गरे ।

उनले बिराटनगरमा ठूलो १,००० शैयाको अस्पताल बनाउने योजना रहेको र त्यसको लागि जुट मिल भित्र रहेको स्थलको लागि पहल गरेको भएता पनि सरकार स्थिर नभएको कारण त्यो अगाडी बढी रहेको उनले भने । त्यस्तै पानीको पनि समस्या रहेको र जाइकासंग मिलेर काम गरि रहेको बताए । र ,२०२५ सम्म बिश्व स्वास्थ्य संघ अनुरुपको पानी घर घरमा पुर्याउने लक्ष्य रहेको जानकारी दिए । बिराटनगरमा ७६ वटा सामुदायिक बिद्यालयहरु रहेको र आफ्नो पालामा अहिले बिद्यालयको सुधार भएको समेत नगर प्रमुखले बताए ।

उनले नेपाल सरकारले आफूलाई आर्थिक सहयोग नगर्ने हुनाले आफ्नो श्रोत र साधनमा मात्र भर पर्नु पर्ने बताए । आफ्नो सिमित श्रोतमा चल्नु पर्ने तर जनताको चाहना असिमित हुनाले जनताका धेरै गुनासो सुन्नु पर्ने समेत् बताए । बिराट राजाको दरवार,ढल निकाश व्यवस्थापन ,अन्तरराष्ट्रिय बिमान स्थल लगायतमा जानकारी दिएका थिए ।

कार्यक्रम संचालन एएनएसका अध्यक्ष सुजित अर्यालले गरेका थिए । एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले स्वागत गर्नुको साथै अर्याल र अधिकारीले नगर प्रमुख कोइरालालाई खादा लगाई स्वागत गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट भएको थियो । कार्यक्रमको प्रारम्भमा अधिवक्ता तथा एएनएसका निरन्जन अधिकारीले आफ्नो छोटो परिचय संगै केही महत्वपूर्ण कुराहरु बारेमा प्रकाश परेका थिए ।

नगर प्रमुख नागेश कोइरालालाई गोष्ठीमा अमेरिकामा सहभागिता जनाउन अहम भूमिका निर्वाह गर्ने सुमनराज तिम्सिनाले पनि आफ्नो छोटो कुराहरु राखेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रा डा गोपी उप्रेतीले सबैलाई धन्यबाद दिनुको साथै नगर प्रमुख कोइरालालाई केही सुझाव र सल्लाह समेत दिएका थिए । साथै एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले अन्त्यमा नगर प्रमुख प्रति कृतज्ञता ज्ञापन सहित केही बोलेका थिए ।