Association of Nepalis in the Americas (ANA)

वासिंगटन डिसी। अमेरिकी संसद सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगका बारे अमेरिकी सांसदहरुले कुरा उठाएका छन् ।

अमेरिकी पूर्वीयसमयअनुसार, बुधवार दिउँसो भएको सो कमिटीको बैठकमा कोभिड १९ ले नेपाललाई निकै अप्ठेरो स्थितिमा पुर्याएको र यसविरुद्ध लड्नको लागि नेपाललाई अमेरिकी सहयोगको आवश्यकता रहेकोबारे छलफल भएको थियो।

सांसदहरुले उठाएको आजको सिनेटको मिटिङ्गमा अमेरिकी सिनेटको तर्फबाट सिनेट कमिटी अन फरेन रिलेसन्सलृे कोभिड –१९ पीडित देशहरुलाई सहयोग गर्न बनाएको युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर (लगभग नेपाली रुपैया एक अर्ब २० करोड) छुट्याइएको बताए।

उनले नेपाललार्य भ्याक्सिन सहयोग पठाउने पनि सिनेट समक्ष बताएका छन्। उनले यो रकम कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जानकारी पनि सांसदहरुलाई दिएका थिए । READ MORE