Association of Nepalis in the Americas (ANA)

Events

उत्तर अमेरिकाका नेपाली संस्थाहरु साझा बिषयमा सहकार्य गर्न सहमत

डिसी । उत्तर अमेरिकामा स्थापित विभिन्न संघ/संस्थाहरु बीच साझा बिषयमा सहकार्य गर्न सहमत भएका छन् । उक्त असल कार्यको लागि एएनए र आन्मा द्वारा सयुक्त रुपमा जारी गरिएको विज्ञप्ति अनुसार आगामी दिनमा उक्त संघ/संस्थाहरुले उस्तै खालका बिषयमा कार्यक्रमहरु गर्दा सहकार्य गर्ने भएका हुन्।

उत्तर अमेरिकाका राष्ट्रिय स्तरका ठूला सँस्थाहरु द एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)’ का अध्यक्ष खगेन्द्र अधिकारी र ‘द एसोसिएसन अफ नेपालिज इन मिडवेस्ट अमेरिकाज (आन्मा )’ डा. दिवाकर दाहाल(विद्यावारिधि)को पहलमा उक्त कदम चालिएको हो ।

उक्त बिज्ञप्ति आन्माका महासचिव डा ओम दाहाल (विद्या वारिधि )ले जारी गरेका हुन् । उक्त सहमति पत्रको सम्पूर्ण उद्देश्य साझेदार सँस्थाहरु बीचको स्रोतको अझ राम्रो उपयोग गर्नु, जानकारी आदानप्रदान ,कार्य दक्षता बृद्धि गर्नु, प्रभावकारी कार्यक्रमहरुको विकास र सञ्चालन गर्नु, सहभागिता बढाउनु,संस्थाहरु र उनीहरुको समुदाय सदस्यहरु बीच सञ्जाल बनाउनु हो भन्दै छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।