Association of Nepalis in the Americas (ANA)

Balance Diet

एएनएका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीद्वारा आभार व्यक्त

बर्तमान ए.एन.ए. ट्रस्टी एवं निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी ले भन्नु भएको छ, गत जुलाई 4th सप्ताहांत मा ANA मार्फत आयोजित एकताको ऐतिहासिक “नेपाली राष्ट्रिय सम्मेलन” अत्योधिक उपलब्धिमुलक साथै भब्य तथा सभ्य रुपमा सफल भएको र यसलाई उच्चतम सफलता सहित फलिभुत तबरमा सफलताको अनुभूति हुनेगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मनै देखी बिभिन्न तवर बाट सहयोगी बनेर मद्दत गर्नु हुने सम्पुर्णमा हार्दिकता सहित तपाईहरु प्रति आभारी छु भन्दै कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्नु भएको छ।

हाल संस्थाका संरक्षक समेत रहनु भएका निवर्तमान ए.एन.ए. अध्यक्ष खगेन्द्र अधिकारी द्वारा संप्रेषित हामीलाई प्राप्त संप्रेषण, जस्ताको तस्तै प्रकाशित गरेका छौं।

उँहाले भन्नु भएको छ, US Independence Day अर्थात् गत July 4th सप्ताहांतमा USA को टेक्सास राज्य स्थित Dallas सहरमा रहेको Hotel Sheraton मा सम्पन्न Association of Nepalis in the Americas (ANA) को “नेपाली राष्ट्रिय सम्मेलन” बृहत् उपस्थिति एवं बिबिध कार्यक्रमहरु सहित सभ्य अनि भब्यताका साथ सुसम्पन्न भएको छ। यस राष्ट्रिय सम्मेलनलाई भब्यताका साथ सम्पन्न गराउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी र सहभागि बनि जिम्मेवार रुपमा सहयोग गर्नुहुने उत्तर अमेरिका निबासी Nepali Diaspora का मित्रहरु एवं सम्बन्धित सबैलाई ए.एन.ए. परिवार, आँफु स्वयं र मेरो परिवारको तर्फबाट हार्दिक नमन् गर्दै मुक्तकंठले हृदय देखि नै धन्यवाद एवं आभार व्यक्त गर्दछु।

बिशेष गरेर राष्ट्रिय सम्मेलनलाई सफलताको शिखरमा कुसलता पुर्वक अवतरण गराउनु हुने सम्मेलनका सह आयोजक संस्था एन.एस.टी.परिवार एवं Texas निवासी स्थानीय आदरणीय मान्यजनहरु सबै प्रति सधैं नै ऋणि छु।

तपाईहरुको असीम माँया र आतिथ्यतालाई उदाहरणिय, सम्मानजनक र गौरवसाली रुपमा आदर सहित कदर गर्दै अबिस्मरणिय सोचले सधैं नै सम्झना गरि रहनेछु।

बिभिन्न बिशेष सहयोगी मन एवं परिश्रमी हातहरुको अथक प्रयास र ठूलो मद्दत बाट सफल यो “राष्ट्रिय सम्मेलन” सहि अर्थमा तपाई-हामीले सोचे अनुसार नै, केही न केही सन्दर्भमा, सबैलाई उपलब्धिमुलक नै भयो होला भन्ने बिस्वास लागेको छ।

बिदेशी भूमिमा नेपाली पहिचान साथै एकताको सन्दर्भमा सम्पन्न गरिएको यस बृहत् तथा ऐतिहासिक राष्ट्रिय सम्मेलनले सम्पादन गरेका बिबिध कार्यक्रमहरु, हाम्रो नयाँ पुस्ता सहित हामी सबैको दैनिक जीवनलाई शिक्षाप्रद र कोसेढुंगा

साबित भए होलान् र हुनेछन् भन्ने समेत बिस्वास गरेको छु।

तथापि, अनजानमा ब्यबस्थापकिए र मानबिय रुपमा केहि आंशिक त्रुटि, अपुग र कमि- कमजोरीहरु पनि अबस्य नै भएका हुन् सक्छन्, आगामी दिनहरुमा सम्पन्न गरिने सम्मेलन एवं कार्यक्रमहरुमा तिनीहरुलाई क्रमश: न्यूनीकरण गर्दै सुधारोन्मुख सोचमा अगाडी बढाउँनु हाम्रो प्रमुख दाईत्व, कर्तव्य, अठोट, बिस्वास तथा प्रतिबद्धता हुनेछ।

हजुरहरुले ए.एन.ए. र हामीहरु प्रति निरंतर रुपमा प्रतिबद्ध भएर देखाउनु भएका सकारात्मक सुझाब एवं सहयोगका श्रृंखलाहरु सधैं नै प्रसंसनिय, स्तुत्य र स्वीकार्य हुनेछन्।बिश्व सामु, ए.एन.ए. द्वारा नेपाली एकतालाई साथमा लिएर हाम्रो पहिचानको अभियानमा प्रतिबद्धता गरिएको पबित्र सोच र युगान्तकारी साथै दर्बिलो अडानलाई, अहिले जसरी नै हामीहरु सबै सधैं नै मिलेर एउटै श्वरमा सहयोगि बनेर लागि परौं।यस महान तथा महत्वपूर्ण उद्देश्यमा हामी सबैको साथ-सहयोग रहिरहने बिस्वास एवं भरोसा समेत गर्दछु।

यस मर्मस्पर्शी सामाजिक सेवामा हामीहरु सबै सधैं झै एक भएर जुटौं, कोही पनि नछुटौं भन्नदै आदर सहित बिशेष आग्रह गर्दछु।

अन्तमा, पुनः एक पटक हार्दिक कृतज्ञता सहित, हजुरहरु सम्पूर्ण सहयोगीहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै, मुरी मुरी धन्यवाद एवं आभार प्रकट गर्दछु।

भवदीय,

खगेन्द्र अधिकारी
निबर्तमान अध्यक्ष
एवं बर्तमान ट्रस्टी, ए.एन ए.
वासिंगटन, डि.सी.
संयुक्त राज्य अमेरिका

यसरी उहाँले, आफ्नो स्पष्ट मन्तब्य मार्फत यस महत्वपूर्ण उद्देश्य सहितको पबित्र राष्ट्रिय संस्था “एएनए” मा भबिष्यमा सबै एकजुट भएर साथ-साथ मा भित्रि मन र हृदय देखि नै सहयात्री र सहयोगी हुँदै अगाडी बडौं भन्ने आह्वान र अनुरोध गर्नु भएको छ।

ईनेप्लिज परिवारको तर्फबाट हामीहरु पनि “एएनए” ले बिश्व सामु एकता र नेपाली पहिचानको लागि सम्पन्न गरेको यस महत्वपूर्ण ऐतिहासिक “नेपाली राष्ट्रिय सम्मेलन” का उपलब्धिहरुको उच्च कदर गर्दै, भबिष्यमा यस संस्था र यस संग सम्बंधित भएर बृहत्तर रुपमा सामाजिक सेवामा लागि पर्नु भएका सम्पुर्ण आदरणिय मान्यबर ब्यक्तित्वहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

हामीलाई उपलब्ध भए अनुसार, सम्मेलनको दौरान र अन्तरालमा खिचिएका केही महत्वपूर्ण सुन्दर तस्विरहरुलाई यसै समाचारमा समावेस गर्ने जमर्को गरेका छौं।तपसिलका तस्बिरहरु मध्ये केहि तस्बिरहरु US KHABAR MEDIA NETWORK बाट लिएका छौ।

Link to the original article: https://www.enepalese.com/2022/08/360763.html?