Association of Nepalis in the Americas (ANA)

 
 
 

एएनएका पूर्व अध्यक्ष तथा संस्थापक डा गिरीको निधन

दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका(एएनए)का पूर्व अध्यक्ष तथा संस्थापक डा अमर गिरीको निधन भएको छ । गत अगस्त १७ सोमबारका दिन उहाको निधन पेंसेलभेनियाको लान कास्टरमा ८१ बर्षको उमेरमा मृत्यु भएको हो ।

एएनएका सूचना निर्देशक तथा प्रवक्ता लक्ष्मण प्रधानद्वारा जारी गरिएको बिज्ञप्तिमा उक्त जानकारी गराईएको छ । यस दुखद घडीमा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी तथा सम्पूर्ण एएनएन परिवारको तर्फबाट गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्नु भएको छ ।

साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि अध्यक्ष अधिकारीले सबैको तर्फबाट उक्त संदेश दिनु भएको छ । Read More