Association of Nepalis in the Americas (ANA)

Events

एएनएको ड्यालस सम्मेलन भव्य बनाउने तयारी

Sponsors for Nepali National Convention July 2nd - 3rd 2022

ड्यालस (टेक्सस) – एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) ले जुलाइ २ र ३ तारिक यहाँ गर्न लागेको नेसनल कन्भेन्सनको तयारीमा अयोजकहरू सकृय भएका छन् ।

सम्मेलनलाइ एतिहासिक र भव्य बनाउन हरेक दिन जसो केही न केही भैरहेको अध्यक्ष विजयराज भट्टराइले जानकारी दिए । सम्मेलनका लागि हालसम्म भएका गतिविधि, स्थानीय संघसंस्था र समुदायबाट राखिएका अपेक्षाका बारेमा गत सप्ताहन्त टाउनहल बैठक भएको थियो ।

एएनए उत्तरी अमेरिकाकै पहिलो नेपाली संस्था हो । सन् १९८३ मा यो स्थापना भएको थियो । नेपाली समाज टेक्सास (NST) को सहअयोजनामा सम्मेलन हुँदैछ ।

नेपाली समाजका पूर्व अध्यक्षहरू, स्थानीय संघ संस्थाहरुलाई हालसम्म भएको कार्य विवरण प्रस्तुत गर्न र सविको सुझाव लिन राखिएको उक्त भेलामा नेपाली समाज टेक्सासका पूर्व अध्यक्षहरु गौरीराज जोशी, भुवन आचार्य, कृष्ण लामिछाने, दिनेश शर्मा, एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, एनआरएन टेक्सासका पूर्व अध्यक्षहरु उत्तम लामिछाने, भानु खरेल, ओएनएफ का जीवन जोशी, ओएनयुएफ, जनसम्पर्क समितिका पदाधिकारीहरु, ब्लड डोनर्स अमेरिकाका टेक्सास अध्यक्ष अजय बगाले, मधेशी अशोशिएसनका (MAA) अध्यक्ष, AMS टेक्सास का अध्यक्ष, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, लायन्स क्लब, लुम्बिनी समाज टेक्सस र अन्य धेरै संघ संस्थाहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन नेपाली समाज टेक्सासका महासचिव संदेश उप्रेतीले गरेका थिए भने अध्यक्ष राजेन्द्र वाग्लेले गरेका थिए । सम्मेलनमा ड्यालस भन्दा बाहिर अमेरिकाका बिभिन्न राज्य र शहरहरूबाट करिब तीनसय आगन्तुकहरु आउने योजना रहेको छ। नेपाली समाजका अध्यक्ष वाग्लेले हाम्रो शहरमा आयोजना हुने यस सम्मेलनको कन्भेनर समेत नेपाली समाज टेक्सासको अध्यक्षको जिम्मा लिएको उल्लेख गर्दै सबै मिलेर यस कार्यक्रम सफल पारौ भनि हार्दिक आह्वान गरे ।

एएनए अध्यक्ष विजयराज भट्टराइले हालसम्म भएका कार्यक्रमहरुको बिस्तृत जानकारी गराउदै सवैको सुझाव अनुसार यस सम्मेलनलाई बालक, युवा, महिला, खेलाडी देखि बृद्ध सम्म सबैका लागि उत्तिकै मनोरन्जनको कार्यक्रम बनाउने विश्वास दिलाए। भट्तराइले भने यस सम्मेलनमा कुनै भाषण-भुषण हुने छैन, हामी मात्र ज्ञान, अनुभव को साटासाट अनि मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएन आइसीसीका महासचिव गौरीराज जोशीले ड्यालसको नेपाली समुदाय सन् २००५ मा आफूहरुले एएनए गर्दा जस्तो एकजुट नरहेको चर्चा गर्दै हरेक विषयहरूको बिचार गरेर सम्मेलनको तयारी गर्न सुझाए र आफूले सहयोग गर्ने बताए।

एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष तथा आइसीसीका कोषाध्यक्ष सुनील साहले आफ्नो पूर्ण सहयोग बताए। सन् २००५ एएनए का उत्कृष्ट भोलिन्टियर महेश नेप[नेपालले आफ्नो लामो अनुभव शेयर गर्दै सुझावहरु दिए। त्यसैगरी उपस्थित सवैले आ-आफ्नो संस्थाको पूर्ण सहयोग रहने बताउदै विभन्न सुझाव दिएका थिए।

सम्मेलनको क्रममा फेसन शो, सबैभन्दा बढी राशी पुरस्कार रहेको भलिबल प्रतियोगिता समेत हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाइ १० हजार, दोस्रो हुनेलाइ ५ हजार र तृतीय हुनेलाइ दुइहजार डलर पुरस्कार राखिएको छ ।

ड्यालस सम्मेलनलाइ हरेक किसिमबाट सफल, भव्य र सभ्य बनाउन समुदायका अगुवाहरू निरन्तर खटिइरहेका छन् ।