Association of Nepalis in the Americas (ANA)

Article

एएनएद्वारा नेपाली समाज टेक्ससलाई आर्थिक सहयोग हस्तान्तरण

एशोसियशन अफ नेपलिज ईन द अमेरिकाज (एएनए)ले नेपाली समाज टेक्सस (एनएसटी)लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । एनएनएले गत जुलाईमा सम्पन्न सम्मेलनमा संकलित रकम मध्ये ७ हजार डलर एनएसटीलाई हस्तान्तरण गरेको हो ।

शनिबार टेक्ससमा आयोजित एक कार्यक्रममा एएनए अध्यक्ष विजयराज भट्टराईले एनएसटी पदाधिकारीलाइ सो रकम हस्तान्तण गरेका हुन् ।

एएनए र एनएसटीका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहाकार तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा गत जुलाईमा ३ तारिकका दिन सम्पन्न एएनए सम्मेलनमा संकलित १ लाख ६ हजार ५ सय ४० डलर ४२ सेन्ट रकम मध्ये एनएसटीलाई ७ हजार डलर प्रदान गरिएको हो ।

सम्पन्न ३ दिने सम्मेलनमा नेपाली समाज टेक्ससको होस्ट रहेको थियो भने अन्य सामाजिक संथाको उत्साहजनक र उदाहरणीय सहभागिता रहेको थियो । यहि सहकार्यमुलक योगदानको कदर स्वरुप नेपाली समाजको हितका खाँतिर सो रकम प्रदान गरिएको हो ।

एनएसटी महासचिव सन्देश उप्रेतीले संचालन गरेको शुभकामना आदान प्रदान तथा रकम हस्तान्तरण कार्यक्रममा एएनए सम्मेलन आर्थिक संकलन कमिटी तथा एएनए कार्यकारिणी कमिटीद्वारा पास गरिएको आय व्ययको विवरण पनि प्रस्तुत गरिएको छ । जसका बारेमा विस्तृत जानकारीका लागि एएनएको वेभसाईटमा हेर्न सकिने व्यवस्था गरिएको छ भने सो जानकारी सम्पूर्ण सदस्यहरुलाई ईमेल मार्फत संप्रेषण पनि गरिएको छ ।

नेपाल सरकारका पूर्व मन्त्रीहरु महेन्द्र बहादुर पाण्डे र मिनेन्द्र रिजालको बिशेष आतिथ्यतामा टेक्ससको ड्यालसमा सम्पन्न एएनए सम्मेलनमा करिव ३,००० व्यक्तिहरुले सहभागिता रहेको थियो ।

१९ वटा इभेन्ट्स र १५ वटा अकाडेमिक तथा प्रोफेशनल सेसनहरुको आयोजना गरिएको सम्मेलनमा अमेरिकामै सम्भवतः सवैभन्दा बढी नेपालीहरुको बसोबास रहेको शहर अभिंग र सम्मेलन भएको शहर कोपेलका मेयरहरु आतिथि, टेक्सास राज्यको तल्लो सदनका संसाद टेरी मेजा र अमेरिकी मेडियाका बरिष्ट व्यक्तित्व स्कट मुरहे लगायत झण्डै ३० सामाजिक संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो।

Link to the original article: https://www.uskhabar.com/archives/15781?fbclid=IwAR3pc8ENfnqKobSGK9MZAATBOS_aMDrJq9hDUIpM2Y0dIqetFmJF4hdIiK0