Association of Nepalis in the Americas (ANA)

Events

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

टेक्सस- एसोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए) ले प्रवासी बालबालिकाहरूबीच कथा लेखन प्रतियोगिता गर्दैछ ।

कथाको माध्यमबाट प्रवासी नेपाली बालबालिकाको प्रतिभा प्रष्फुटन गराई नेपाली
साहित्यलाई विश्वस्तरमा पुऱ्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

एएनएद्वारा जारी गरिएको सूचनाअनुसार ६ देखि १५ वर्षसम्मका बालबालिकाले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् ।

अङ्ग्रेजी भाषामा कथा लेखेर जुन महिनाको १ तारिखभित्र कथा पठाइसक्नु पर्ने पनि सूचनामा उल्लेख छ ।

कथा लेखन प्रतियोगिताका लागि साहित्यकार पुष्पा खनालको संयोजकत्वमा कर्णेल विश्वविद्यालय, एसिया अध्ययनका प्राध्यापक डा. होम आचार्य र नेपाली समाज टेक्सस, नेपाली पाठशालाका संयोजक तथा गैर आवासीय नेपाली संघ, अमेरिकाको पाठशाला समिटिका चेयर भोजबहादुर बलायरसहितको तीन सदस्यीय समिति गठन भएको छ ।

नेपाली समाज टेक्ससको आतिथ्यतामा जुलाई २ र ३ तारिखमा टेक्सस राज्यको डालसमा आयोजना हुँदै गरेको एएनएको सम्मेलनमा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिने एएनएले जनाएको छ ।

प्रतियोगितामा समावेश उत्कृष्ट कथाहरू समेटेर पुस्तक प्रकाशन गर्ने पनि एएनएले बताएको छ ।

प्रतियोगितामा बालबालिकालाई सहभागी गराउन आफ्ना बालबालिकालाई हौसला, प्रोत्साहन र सहयोग गर्न अभिभावक र विद्यालयलाई एएनएले अनुरोध गरेको छ ।

यस प्रतियोगिताका सम्बन्धमा विस्तृत जानकारी एएनएको वेबसाइट मा हेर्न सकिन्छ ।

Visit the links below