Association of Nepalis in the Americas (ANA)

Balance Diet

एएनए राष्ट्रिय सम्मेलन २०२२ मा बिभिन्न महानुभावहरु सम्मानित हुनु भएको जानकारी प्राप्त

गत July 4th को सप्ताहांतमा संयुक्त राज्य अमेरिका स्थित टेक्सास राज्यको Dallas शहरमा सुसम्पन्न Association of Nepalis in the Americas (ANA) को तिन दिवसीय नेपाली राष्ट्रिय सम्मेलन, जनसमुदायहरुको बृहत् उपस्थिति र बिबिध कार्यक्रमहरु सहित भब्यताका साथ सुसम्पन्न भएको जानकारी प्राप्त भएको छ।

एएनए अध्यक्ष बिजय राज भट्टराई तथा एएनए ट्रस्टी एवं निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी द्वारा हामीलाई प्राप्त जानकारी अनुसार, एएनए बाट आयोजित राष्ट्रिय सम्मेलनमा बिबिध कार्यक्रमहरुका अतिरिक्त पुरस्कार वितरण (Award Distribution) कार्यक्रमको पनि ब्यबस्था गरिएको थियो।

जन्मभूमि तथा कर्मभूमिमा समाजसेवाका बिभिन्न पाटाहरुमा अग्रपंग्तिमा रहेर उदाहरणिय बन्दै बिभिन्न किसिमका सहयोगहरु गरेर योगदान पुर्याउनुका अतिरिक्त, सफल तथा उपलब्धिमुलक रुपमा नेतृत्वदाई भूमिकामा सामेल भएर र नभएर पनि समाजसेवाको मर्मस्पर्शी सन्दर्भमा स्वयंसेवकिय माध्यमलाई समुदायको हितमा योगदान दिन सफल हुँनेहरु साथै Blood donation जस्तो संबेदनशिल मानव सेवाको क्षेत्र, शिक्षा तथा संस्कृतिको क्षेत्र, नेपाली भाषा साहित्यको क्षेत्र, खेलकूद जगत् र गायन क्षेत्रमा उच्चतम श्रेणीको योगदान पुर्याउन सक्षम साथै स्वयंको निरंतर अभ्यास र परिश्रम बाट सफलता प्राप्त गरी उपलब्धि हासिल गर्न सक्षम ब्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्मान गरिएको थियो भन्ने जानकारी प्राप्त भएको छ।

उँहाहरुका अनुसार, उत्तर अमेरिकामा रहेका नेपालीहरुको सबै भन्दा पुरानो राष्ट्रिय संस्था एएनए ले आयोजना गरेको उक्त सम्मान सहितको पुरस्कार वितरण कार्यक्रममा, बिदेशी भूमिमा रहेर ANA/NECC एवं अन्य स्वयंसेबी संस्थाहरुमा आबद्द हुँदै र आँफु स्वयंको भूमिका मार्फत पनि, ईमान्दार अनि मेहनतका साथ अनवरत रुपमा परिश्रमी एवं लगनशील भएर आबद्द संस्था एवं समाजको लागि मार्गदर्शक तथा सहयोगी बनेर सामाजिक शेवाको क्षेत्रमा स्वयंसेवक बन्दै निस्वार्थता पूर्वक मातृभूमि नेपालका अतिरिक्त कर्मभूमि अमेरिकाको समेत सुनाम र सर्वाधिक हितका लागि अग्रणी र पुर्ण जिम्मेवारी सहित कर्तब्यनिष्ठ र उच्च सोंचमा रहेर समाजमा स्थापित संघ संस्था र सामुदायिक निकायहरु संग हातेमालो साथ-साथ सहकार्य समेत गरेर उदाहरणिय रुपमा उच्चतम श्रेणीको सफलता सहित बिबिध क्षेत्र र आयाममा सेवा प्रदान गर्दै बिसिष्ट रुपमा योगदान पुर्याउन सफल भए बापत बिभिन्न महानुभावहरुलाई उपहार प्रदान गरेर सम्मानित गरिएको थियो भनि, बताउनु भएको छ।

यस प्रकार, Association of Nepalis in the Americas (ANA) ले आफ्नो राष्ट्रिय सम्मेलनको सुअवसरमा बिभिन्न रुपमा बिबिध क्षेत्र, आयाम र सन्दर्भमा आबद्द भै बिशेषरुपमा योगदान पुर्याएर सफलता प्राप्त गर्न सक्षम ब्यक्तित्वहरुलाई ससम्मान उपहार प्रदान गरिएको ब्यहोरा अवगत भएको छ।

ईनेप्लिजलाई उपलब्ध जानकारी अनुसार निम्नलिखित प्रतिष्ठित ब्यक्तित्वहरु सम्मानित हुनु भएको छ।सम्मानित हुने महानुभावहरुको बिबरण यस प्रकार उल्लेख गरिएको छ:

– Social hero award:

1. Dr. Tulshi Ram Joshi – WV
2. Mr. Roger Adhikari – CO
3. Mr. Khilendra Neupane – NECC, Maryland
4. Mr. Ujjwal S. Thakuri – VA
5. Mr. Arthur Gunn (Dibesh Pokharel – Kansas
6. Mr. Arjun Mainali – NY
7. Mr. Homnath Subedi – VA
8. Mr. Arun Rupakhetee – VA
9. Mr. Rup Karki – VA – LATE
(मरणोपरांत)

– Lifetime achievement award:

1. Dr. Ambika P. Adhikari – AZ
2. Dr. Hari Sharma – NC
3. Dr. Shambu Dhungana – CA
4. Mr. Veda Bhakta Joshi – CA

 

उपरोक्त सम्मानित ब्यक्तित्वहरु क्रमशः संयुक्त राज्य अमेरिका स्थित West Virginia, Colorado, Maryland, Virginia, Kansas, New York, Arizona, North Carolina र California राज्यहरुमा बसोबास गर्नु हुन्छ।

यसका साथै, राष्ट्रिय सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न अग्र पंक्तिमा रहेर अहोरात्र लगनसिलता सहित ईमान्दार भै बिभिन्न तवर बाट अथक परिश्रम गरेर सम्मेलनलाई सफलताको उचाईमा पुर्याउने जिम्मेवारीको बाहाक बन्दै मेरुदण्डको रुपमा कार्य गर्नु हुने केही उच्च प्रतिष्ठित ब्यक्तिहरुलाई पनि, सम्मेलनका प्रमुख एवं एएनए अध्यक्ष बिजय राज भट्टराईले बिधिबत र बिशेष रुपमा सम्मान (Specially honored) गर्दै उपहार प्रदान गर्नु भएको थियो भनि हामीलाई जानकारी प्राप्त भएको छ।

यसरी सम्मानित हुने महानुभावहरुको बिबरणलाई निम्नानुसार सूचीबद्ध गरिएको छ।

सूचीबद्ध बिबरणहरु:

– Special honored:

1. Mr. Khagendra Adhikari – Immediate past President and current Board of Trustee, ANA, Washington, DC

2. Mr. Anjan Shresta – Convention chief patron and former Board of Trustee, ANA

3. Mr. Ragendra Wagle – Convention convenor/President, NST – Texas

4. – Mr. Thala Raj Panta – Vice President (Central region), ANA – Texas

साथ-साथै अध्यक्ष भट्टराईले Convention को दौरान र अन्तरालमा स्वयंसेवकको जिम्मेवारीमा बिशेष भूमिकामा रही सक्रिय रुपमा बिसिष्ट सेवा प्रदान गर्नु हुने टेक्सास निवासी श्री महेश नेपाललाई Lifetime volunteer award द्वारा सम्मानित गर्नु भएको थियो।

Convention मा सम्पन्न गरिएका प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागि भै प्रतियोगिता जित्न सफल हुनेहरु र सम्मेलनको सफलताका लागि मेहनतका साथ प्रत्यक्ष रुपमा सहयोगी बन्दै स्वयंसेवकका रुपमा अहोरात्र परिश्रम गरी सेवा प्रदान गर्नुहुनेहरुमा, सामाजिक संस्था एन.एस.टी. लगायत लगभग तिनसय पचास भन्दा बढ़िको संख्यामा बिभिन्न महानुभावहरुलाई समेत प्रमाण र उपहारहरु प्रदान गरेर सम्मानित गरीएको थियो।

यस पश्चात अन्तमा, अध्यक्ष भट्टराईले तपाईहरु सबै प्रति एएनए, स्वयं आँफु र मेरो परिवारको तर्फबाट धेरैनै आभारी छु भन्दै धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेर “नेपाली राष्ट्रिय सम्मेलन” लाई बिधिबत रुपमा समापन भएको घोषणा गर्नु भएको थियो।

उक्त समापन कार्यक्रममा सहभागी हुनुहुनेहरुले यो बर्षको एएनए सम्मेलन धेरैनै उपलब्धिमुलक र रमाईलो भयो भन्दै गड़गड़ाहट ताली बजाएर पुन: अर्को बर्ष भेंटवार्ता गरौंला भन्दै खुशी प्रकट गर्नु भएको थियो भन्ने बुझिएको छ।

ईनेप्लिज परिवार, हामीहरु पनि सम्मानित महानुभावहरुलाई हार्दिक बधाई सहित शुभकामना ब्यक्त गर्दै, एएनए तथा यस संस्था संग आबद्द सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

एएनएका संरक्षक समेत रहनु भएका निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी द्वारा उपलब्ध यस सम्मान कार्यक्रमका सिलसिलामा खिचिएका संक्षिप्त   केही महत्वपूर्ण सुन्दर तस्विरहरुलाई सामुदायिक महत्वको लागि संप्रेषण गरेका छौं।

तपसिलका तस्बिरहरु मध्ये केहि तस्बिरहरु US khabar media network बाट पनि लिएका छौं।

तस्बिरहरु:

Link to the original article: https://www.enepalese.com/2022/08/361782.html?