Association of Nepalis in the Americas (ANA)

Events

एएनए सम्मेलन-२०२२’ सम्पन्न: अमेरिकामा नेपालीहरुको अभूतपूर्व भेला

एशोशिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) को डाल्लास सम्मेलन आज बिहान करिव १ बजे सम्मेलनका चेयर तथा एएनए अध्यक्ष विजयराज भट्टराइले सफलता पूर्वक सम्पन्न भएको घोषणा गर्दै समापन गर्नुभएको छ।

गत जुलाई १ शुक्रवार शुरु भएको सम्मेलन आज सम्पन्न भएको हो। यस सम्मेलनमा ‘इन एंड आउट’ गरेर लगभग ३,००० व्यक्तिहरुले सम्मेलनमा सहभागी हुनुभएको जानकारी समापन कार्यक्रममा दिइएको थियो। यस सम्मेलनमा १९ वटा इभेन्ट्स र १५ वटा अकाडेमिक तथा प्रोफेशनल सेसनहरुको आयोजना गरिएको थियो।

सम्मेलन स्थानीय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासको होस्टम भएको थियो भने यस संस्था अध्यक्ष राजेन्द्र वाग्ले सम्मेलनका कन्भेनर थिए। टेक्सास समाजका भोलिण्टियरहरुको सहभागित र उत्साह उदाहरणीय थियो।

नेपाल सरकारका पूर्व मन्त्रीहरु महेन्द्र बहादुर पाण्डे र मिनेन्द्र रिजालको बिशेष आतिथ्यतामा भएको यस सम्मेलनमा अमेरिकामै सम्भवत: सवैभन्दा बढी नेपालीहरुको बसोबास रहेको शहर अभिंग र सम्मेलन भएको शहर कोपेलका मेयरहरु आतिथि, टेक्सास राज्यको तल्लो सदनको संसाद टेरी मेजा र अमेरिकी मेडियाका बरिष्ट व्यक्तित्व स्कट मुरहे लगायत झण्डै ३० सामाजिक संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो।

Link to the original article: https://www.uskhabar.com/archives/13859