Association of Nepalis in the Americas (ANA)

Article

ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुँदै

काठमाडौँ। सन् २०२३ को ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुने भएको छ। आगामी जुलाईको १ र २ मा हुने उक्त सम्मेलन द्रुत गतिमा अघि बढेको ए.एन.ए. ले जनाएको छ।

कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु Rocky Mountain Friends of Nepal (RMFN), INLS Colorado Chapter, Nepali Ghar, NRNA Colorado Chapter, Colorado Newah Khalah लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको जानकारी विज्ञप्तिमा जनाइएको छ।

अन्य स्थानीय संघ संस्थाहरु लगायत स्थानीय समाजसेवीहरु सहितको मूल आयोजक कमिटि निर्माण गरेर सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नेगरी तयारी अघि बढिरहेको कन्भेनर बिनोद त्रिपाठीले जानकारी दिए।

ए.एन.ए. ले उक्त २ दिन आफ्ना, परिवारको तथा अन्य कुनै सामाजिक गतिबिधि नगरी सबैजना यही सम्मेलनमा भेला भएर यस नेपालीहरुको राष्ट्रिय सम्मेलन सफल पारौँ भनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु, यस संस्थाको पूर्व पदाधिकारीहरु, सम्पूर्ण सदस्यहरु सवैमा हार्दिक अनुरोध गर्दै आएको छ।