Association of Nepalis in the Americas (ANA)

Article

ए.एन.ए. का अध्यक्ष खगेन्द्र अधिकारीद्वारा इजरायल–हमास युद्धप्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी

ए.एन.ए. का अध्यक्ष खगेन्द्र अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन्।

उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवार प्रति सहानुभूति समेत प्रकट गरेका छन्।

त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन सम्बद्ध निकायहरु र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

संस्थागत प्रेस विज्ञप्ति मार्फत अध्यक्ष अधिकारीले सुरक्षित स्थानमा रहेका नेपालीलाई नेपाल फर्काउने काम तत्काल अगाडि बढाउनका लागि पनि आग्रह गरेका छन्।

अध्यक्ष अधिकारी द्वारा संस्थागत रुपमा जारी प्रेस विज्ञप्तिलाई निम्नानुसार संप्रेषित गरिएको छ।