Association of Nepalis in the Americas (ANA)

Article, Balance Diet

ए.एन.ए.ट्रस्टी बोर्डमा विभिन्न व्यक्तिहरुको मनोनयन

उत्तर अमेरिकाकै नेपाली समुदायको राष्ट्रिय स्तरको गरिमामय सामाजिक संस्था एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज (ए.एन.ए.) ट्रस्टी बोर्डको फेब्रुअरी २६, २०२२ मा ट्रस्टी अध्यक्ष डा. शम्भु ढुंगानाको अध्यक्षतामा बसेको बैठकले विभिन्न पेसा र क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई ट्रस्टी पदाधिकारी (ट्रस्टी) पदमा मनोनयन गरेको छ।

मनोनीत हुनुहु्नेहरुमा क्यानडाबाट डा. द्रोण रसाली, अमेरिकाबाट क्रमस: डा. अम्बिका प्रसाद अधिकारी – एरिजोना, प्रो. योगेन्द्र जोन्छे – न्यूयोर्क, राजेन्द्र खतिवडा – केन्टकी तथा यमुना भट्टराई -टेक्सास

ईनेप्लिज संग भएको कुराकानीमा ए.एन.ए.का पूर्व अध्यक्ष एवं वर्तमान ट्रस्टी खगेन्द्र अधिकारीबाट प्राप्त जानकारी अनुसार, सबै ब्यक्तित्वहरुलाई एक कार्यकालको लागि मनोनयन गरिएको र सबै पदाधिकारीहरु सर्वसम्मतिबाट मनोनयन गरिएको बारे स्पष्ट गर्दै सो कुरा बताउनु भएको हो।

मनोनयन हुनुहुनेहरु सबैलाई ईनेप्लिज परिवारको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ ।