Association of Nepalis in the Americas (ANA)

Article

कोलोराडोमा हुने एएनए सम्मेलनमा एएनए बाल प्रदर्शन हुने

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) ले कोलोराडोको डेनभरमा आयोजना गर्ने सम्मेलनमा एएनए बाल प्रदर्शन हुने भएको छ ।

सम्मेलनमा विविध कार्यक्रमहरु हुने भएता पनि बालबालिकाको एएनए किड्स शो नामक कार्यक्रम जुलाई १ का दिन राती ६ बजे हुनेछ । अमेरिकामा जन्मिएका तथा सानोमा अमेरिका आएका दोश्रो पुस्ता नेपाली अमेरिकी बालबालिकाहरुलाई सम्मेलनमा सहभागी गराउन एएनएका अध्यक्ष विजय राज भट्टराईले सबैलाई आह्वान गरेका छन् ।

अध्यक्ष भट्टराईले अभिभावक र बच्चाहरूलाई मनमोहक बाल प्रदर्शनमा सहभागी हुन् आमन्त्रित गरेका छन् ।

उनीहरुलाई हाम्रो समृद्ध परम्परा र सम्पदासँग परिचय गराउन ,जीवन्त प्रदर्शन, अन्तरक्रियात्मक गतिविधिहरू, र संलग्नता मार्फत उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने लक्ष्य समेत रहेकोले यो मितिमा सहभागी हुन् अनुरोध गरिएको छ ।

जुलाईको १ र २ मा हुने एएनए. सम्मेलनका संयोजक विनोद त्रिपाठी हुन् । कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलन भएको थियो । सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।