Association of Nepalis in the Americas (ANA)

Article

कोलोराडोमा हुने एएनए सम्मेलनको भब्य तयारी ,आयोजक समिति अहोरात्र खटिदै

उत्तर अमेरिकाकै राष्ट्रिय स्तरको पुरानो र स्थापित मध्ये कै एक नेपालीहरुको गैर मुनाफा संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) को आगामी सम्मेलन कोलोराडो राज्यमा हुने भएकोले सम्मेलनको तयारीमा आयोजक समिति तथा कार्यकारी समिति अहोरात्र खटिदै सफलता बनाउन काम गरिरहेको आयोजक समितिले ईनेप्लिजलाई बताए ।

यस पटकको मूल नारा “नेपालीलाई सधै नेपाली नै हुन देउ” भन्ने राखिएको छ भने यस अभियानमा लाग्न सबैलाई एएनएले आग्रह गरेको छ। एएनएका अध्यक्ष विजयराज भट्टराईले यस सम्मेलनमा सबैलाई सहभागी हुन् समेत आह्वान गरेका छन् ।

आगामी जुलाइको १ र २ मा कोलोराडोको डेनभरमा हुने ए.एन.ए. सम्मेलनको तयारी द्रुत गतिमा अघि बढ्दै गएको सम्मेलन संयोजक विनोद त्रिपाठीले बताए ।

यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

स्थानीय संघसंस्थाहरु लगायत स्थानीय समाजसेवीहरु सहितको मूल आयोजक समितिले सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्ने तयारीमा जुटेका छन् ।

कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो । सम्मेलन डबल ट्री बाइ हिल्टन डेनभर सेन्टर पार्क (DoubleTree by Hilton Denver Central Park )मा हुने भएको छ ।

सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।

यसै गरि एएनए संदेश स्मारिकाको लागि प्रकाशन समितिमा विजय घिमिरे -प्रमुख ,कृष्ण कुसुम,सम्झना आचार्य ,केशब राज ज्ञवाली तथा पुष्पा खनाल रहेका छन् ।

यसै गरि बिगतमा संचालनमा आएको मिस्टर एएनए एण्ड फेशन शो (अर्थात् एनएएन श्री तथा भेषभूषा प्रदर्शन )समेत हुने भएको छ ।

मिस्टर एएनए एण्ड फेशन शोको लागि दिलाशा न्यौपाने ,कला न्यौपाने ,शृष्टि शर्मा ,श्रुति पाण्डे ,आकृति राई अधिकारी, किरण भुसाल तथा सहारा कार्की समेतको समिति रहेको छ । उनीहरुले यसको नेतृत्व गर्नेछन् ।

साथै एकल महिला र उनीहरुले सामना गर्नु पर्ने चुनौती बिषयमा समेत कार्यक्रम हुने छ । बिगत वर्षहरुमा जस्तै यस पटक पनि नेपाल फोरम नामक कार्यकम हुने भएको छ ।

त्यस कार्यक्रममा वक्ताहरुका रुपमा डा अम्बिका प्रसाद अधिकारी (विद्या वारिधि),डा उषा शर्मा ,डा केशब भट्टराई तथा खगेन्द्र अधिकारी रहनु भएको छ ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला : https://ana1983.org/?fbclid=IwAR0rY3Bd5nULigf3JdvB7lGDXgr5RTYe57RnVx17fkdH3aQvYC6NQMKr3B8