Association of Nepalis in the Americas (ANA)

Events

टेक्ससमा आयोजित ‘मिसेस एएनए-२०२२’ को उपाधी मेनस्फिल्डकी सृष्टी उप्रेती शर्मालाई

मिसेस एएनए-२०२२‘ सृष्टि उप्रेती शर्मा घोषित भएकी छन् । शनिबारदेखि अमेरिकाको टेक्ससमा जारी एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) दुई दिने सम्मेलन अन्तरगतको ‘मिसेस एएनए २०२२’ को उपाधी मेनस्फिल्डकी सृष्टि उप्रेती शर्माले जितेकी हुन् ।

एशोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) तथा नेपाली समाज टेक्सस (NST) को आयोजना सम्पन्न प्रतियोगितामा अन्जु अर्याल फस्ट रनर अप र जस्मिन राना सेकन्ड रनर अप घोषित भएका छन् ।

‘मिस नेपाल युएसए २०१८’ डा. दिलासा न्यौपाने, बबिता खड्का, डा. विष्णु माया उपाध्याय र रोजर अधिकारी निर्णायक रहेको प्रतियोगीतामा परिचय, टयालेन्ट, टप थ्रि प्रश्नोत्तरका चरणका आधारमा प्रतिस्पर्धीको बाह्य र आन्तरिक सौन्दर्यको मुल्याङकन गरिएको थियो ।

शिर्ष उपाधी बिजेता अर्थात यस बर्षकी मिस एएनए सृष्टि उप्रेती शर्मा पेसाले सिपिए हुन् । विश्वकै टप फाइभ अकाउन्टको कम्पनी बिडिओ अमेरिकामा विगत ७ वर्षदेखि सिनियर म्यानेजरको रुपमा कार्यरत उनि टेक्सस सिपिए बोर्डको शिक्षा विभागकी प्रमुख समेत हुन ।

छोरा र श्रीमानसंग टेक्ससको मेनस्फिल्डमा बसोबास गदै आएकी सृष्टीले उपाधी जितेको मिस एएनए अमेरिकामा रहेका विवाहित महिलाहरु विचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता हो । सोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को जुलाई २ र ३ तारिकका दिन आयोजित नेसनल कन्भेन्सन अन्तरगतको यस प्रतियोगितासंगै सम्मेलनमा सबै उमेर समुह र वर्गका लागि प्रभावकारी बिभिन्न बौद्धिक, सांगीतिक, साहित्यिक, चिकित्सा लगायतका क्षेत्रसंग सम्बन्धि फोरम तथा कार्यक्रमहरु आयोजना भएका थिए । नेपाल क्यानडा लगायतका देश संगै समेरिकाका बिभिन्न राज्यबाट प्रतिनिधीमुलक बृहत सहभागिता रहेको थियो ।

Link to the original article: https://www.uskhabar.com/archives/13854