Association of Nepalis in the Americas (ANA)

Events

तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न

ड्यालास, टेक्सास । एशोशिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)को ड्यालास सम्मेलन २०२२ ऐतिहासिक रुपमा सफल भएको छ । दुइ दिनसम्म चलेको सो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सम्मेलनका चेयर तथा एएनए अध्यक्ष विजयराज भट्टराइले समापन गर्नुभएको हो।

सम्मेलनको होष्ट संस्था नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले यस सम्मेलनको कन्भेनर हुनुहुन्थ्यो भने स्थानीय समाजसेवी अन्जन श्रेष्ठको कुशल नेतृत्वको कारण सम्मेलन उदाहरणीय बन्न पुगेको छ।

सम्मेलनमा १९ वटा इभेन्ट्स र १५ वटा अकाडेमिक तथा प्रोफेशनल सेसनहरुको आयोजना गरिएको थियो। गत जुलाई १ शुक्रवार शुरु भएको सम्मेलन जुलाई ३ आइतवार सम्पन्न भएको हो। यस सम्मेलनमा इन एन्ड आउट गरेर लगभग ३,००० व्यक्तिहरुले सम्मेलनमा सहभागी हुनुभएको जानकारी समापन कार्यक्रममा दिइएको थियो।

सम्मेलन स्थानीय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासको होस्टम भएको थियो भने यस संस्था अध्यक्ष राजेन्द्र वाग्ले सम्मेलनका कन्भेनर थिए। टेक्सास समाजका भोलिण्टियरहरुको सहभागिता र उत्साह उदाहरणीय थियो।

नेपाल सरकारका पूर्व मन्त्रीहरु महेन्द्रबहादुर पाण्डे र डा. मिनेन्द्र रिजालको बिशेष आतिथ्यतामा भएको यस सम्मेलनमा अमेरिकामै सम्भवत सवैभन्दा बढी नेपालीहरुको बसोबास रहेको शहर अभिंग र सम्मेलन भएको शहर कोपेलका मेयरहरु आतिथि, टेक्सास राज्यको तल्लो सदनको संसाद टेरी मेजा र अमेरिकी मेडियाका बरिष्ट व्यक्तित्व स्कट मुरहे लगायत झण्डै ३० सामाजिक संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो।