Association of Nepalis in the Americas (ANA)

Article

नेपालमा कोभिडमा सहयोग गर्न संकलित रकमको लाइभ अपडेट हेर्न मिल्ने

टेक्सास, अमेरिका । नेपालका लागि कोरोना महामारी विरुद्ध लड्न विभिन्न सामाजिक संस्थाहरुले सामाजिक संजाल मार्फत उठाइरहेको सहयोगलाई एकै ठाऊंवाट हेर्न र सहयोग समेत गर्न मिल्ने गरी उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा)मा रहेका नेपालीहरुको संस्था अशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)ले आफ्नो वेबसाइट (https://ana1983.org)मा कोभिड अपडेट थप गरेको छ । गोफण्डमी र फेसबुक फण्ड रेजर आर्थिक संकलनसंग आफ्नो संस्थाको वेबसाइटलाई समन्वय गरी लाइभ हेर्न मिल्ने वनाइएको जानकारी संस्थाका अध्यक्ष विजयराज भट्टराईले गराउनुभयो। Read More